काठमाण्डौः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ।
३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नोपलमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया