असार २९, २०८२ आइतबार July 13, 2025

एमाले महोत्तरीमा गुटगत भेला, सिफारिसमा परेका उम्मेदवारमध्ये पनि छानेर कार्यक्रममा बोलाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महोत्तरीमा नेकपा एमालेका तल्लो तहका कमिटीहरूले आगामी निर्वाचनमा सिफारिसमा परेका उम्मेदवारहरूलाई छनाछनी बोलाएर धमाधम कार्यक्रम आयाेजना गर्न थालेका छन् ।

टिकट जसले पाए पनि निर्वाचनको समयमा एकजुट हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममै आफु निकट नेतालाई बाेलाइएकाे छ । शुक्रबार क्षेत्र नम्बर १ ‘क’अन्तर्गत बर्दिबास नगरपालिका–४ ले आयोजना गरेको कार्यक्रममा यस्ताे दृश्य देखिएको हाे ।

क्षेत्र नम्बर १ का उम्मेदवार र पार्टीको अवस्था बारे छलफल भनेर ब्यानरमा लेखिएको थियो । तर, सिफारिसमा परेका प्रदेशका एक उम्मेदवारबाहेक अरू देखिएनन् ।
जिल्लास्तरका नेताहरूको बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा पाँच सयभन्दा बढी कार्यकर्ता थिए ।

निर्वाचनमा सबै एकजुट हुनुपर्छ भन्ने उदेश्य बोकेको आयोजक पक्षले दाबी गरे पनि प्रदेशमा सिफारिसमा परेका केदारबहादुर बस्नेतलाई मात्र बोलाउनुले कतिपयले गुटगत भेला भनेर समेत अर्थाएका छन् ।

प्रदेशमा सिफारिसमा परेका अन्य उम्मेदवारहरू सारदादेवी थापा र चन्द्रबहादुर क्यापछाकीलाई सम्पर्क गर्दा उनीहरूले कार्यक्रम बारे जानकारी नै नभएको बताए ।
जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर १ को क र ख मा नेकपा एमालेको बलियो पक्कड छ । सत्ता गठबन्धनको आन्तरिक खिचातानीले गठबन्धनबाट आउने साझा उम्मेदवारले पनि यहाँ जित्ने सम्भावना निक्कै कमजोर भएको स्थानीय नेताहरू बताउँछन् ।

यसैकारण पनि नेकपा एमाले क्षेत्र नम्बर १ का नेताहरू टिकट आफ्नो पक्षमा पार्न निक्कै जोडतोडले लागेका छन् । टिकटका लागि रघुवीर माहासेठको निवासमा धेरै नै नेताहरू आउने गरेको माहासेठको सचिवालयको भनाइ छ ।

प्रदेशसभामा को को परे सिफारिसमा ?
नेकपा एमाले क्षेत्र नं. १ ‘क’मा सिफारिस परेकाहरूमा सारदादेवी थापा, केदारबहादुर बस्नेत र चन्दबहादुर क्यापछाकी छन् ।सारदादेवी अघिल्लो पटक पनि निर्वाचित भएकी थिइन । पाँच बर्षसम्म आफूले गरेको कामको बिरासतले नै चुनाव जित्न सहज हुने उनको भनाइ छ ।

नेकपा एमालेभित्रैका एक पक्ष सारदादेवीलाई टिकट दिन नहुने पक्षमा छन् । स्थानीय तह निर्वाचनमा खुलेआम कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीलाई सहयोग गरेको उनलाई आरोप छ ।

आफ्नो उम्मेदवारलाई अन्तर्घात गरी पाटी इतरका व्यक्तिलाई जिताउन लागिपरेको हुनाले कतिपयले थापालाई कारबाहीको समेत माग गर्दै आएका छन् । तर, जनस्तरमा भने सारदादेवीको निक्कै राम्रो प्रभाव रहेको मानिन्छ । उनी पक्षधहरूले फरक व्यक्तिले टिकट पाए पार्टीले हार बेहोर्ने आकलन गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार