काठमाण्डौः आसन्न चुनावका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
गठबन्धनले मागेजति सिट नदिएपछि अध्यक्ष यादवले एमालेसँग गठबन्धन गर्ने विषयमा कुराकानी गरिरहेका स्रोतले जनाएको छ । यसअघि समेत ओली र उपेन्द्रबीच चुनावी सहकार्यका विषयमा पटक–पटक छलफल भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया