असार ३०, २०८२ सोमबार July 14, 2025

१२ बुँद्धे सहमति र शान्ति प्रक्रियाको जगमा कांग्रेस – माओवादी गठबन्धन : नेता केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता एवं नुवाकोट २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले १२ बुँद्धे सहमति र शान्ति प्रक्रियाको जगमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन भएको बताएका छन् । केसीले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अडान र माओवादी अध्यक्ष प्रचण्डको स्वीकारका कारण शान्ति प्रक्रिया अघि बढेको स्मरण गराए ।

विदुरमा शनिबार आयोजित संघीय/प्रदेश निर्वाचन २०७९ संयुक्त क्षेत्रीय बैठकमा केसीले अझै शान्ति प्रक्रियाका हकमा धेरै काम गर्न बाँकी रहेको आवश्यकता औंल्याए । तत्कालीन विद्रोही शक्ति माओवादी र कांग्रेसको नेतृत्वमा भएको त्यही १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताका कारण बनेको गठबन्धन राष्ट्र, राष्टियतालाई एउटा गतिलो जगमा उठाउने र देशमा आर्थिक विकासमा अघि बढ्ने बताए ।

उनले गठबन्धन सम्बन्धमा कांग्रेसभित्र पनि तर्क विर्तक रहेको र आफ्ना विचार, दृष्टिकोण भए पनि पार्टी निर्णयअनुसार गठबन्धनमा अघि जानुको विकल्प नरहेको उनको भनाइ थियो । उनले तन, मन र कर्मले सहयोग गरी गठबन्धनलाई निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि बताए ।

एमालेप्रति लक्षित गर्दै नेता केसीले भने,‘अहिले भ्रमका खेती र पुलिन्दा बाँड्ने काम गरिहेका छन्, त्यसलाई चिर्नुपर्ने आवश्यकता छ ।’ उनले ५ वर्षसम्म पदमा हुँदा पनि एमालेका नेताहरुले पुरानो सडक खण्ड पासाङ ल्हामु सडक निर्माणमा कुनै चासो नदिएको उनको आरोप थियो ।

त्यसैगरी राष्ट्रियता र स्वाधिनता रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं समानुपातिक उम्मेदवार बिमला सुवेदीले सबैले गठबन्धन उम्मेदवारलाई भोट दिन आग्रह गरिन् ।

प्रतिनिधिसभा समानुपातिक उम्मेदवार कांग्रेसका जगतबहादुर तामाङ, प्रदेश सदस्यका प्रत्यक्ष उम्मेदवारहरु कांग्रेसका बहादुरसिंह लामा, माओवादीका रामप्रसाद ढुंगानाले एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार