असार ३०, २०८२ सोमबार July 14, 2025

केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो । पौडेलले कांग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको बताए ।

आफूहरुले अहिले राजनीति र विकासको लडाइँ गर्दै आएको बताउँदै पौडेलले भने, “हामीहरू अहिले दोहोरो लडाइँमा छौँ, लोकतन्त्रका लागि पनि लड्दै आएका छौँ, विकासका लागि पनि लड्दै आएका छौँ ।” अबको निर्वाचनमा कांग्रेसले जित्दा विकास योजनाले निरन्तरता पाउने उनको भनाइ थियो ।

“जनप्रतिनिधिले दुई थरी विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो, राजनीतिको विकास र भौतिक विकास”, उनले भने, “हामीले सकेको विकासका काम गर्दै आएका छौँ ।” वरिष्ठ नेता पौडेलले गाउँगाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरु लागिपरेको बताए । गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको उनले बताए । बुद्धसिं मार्गलाई रु ४६ करोड, मादी मस्र्याङ्दी सडकलाई रु ४० करोडको बजेट आइसकेको भन्दै उनले भने, “केन्द्रमा पहुँच पुग्ने व्यक्तिले जित्दा जिल्लामा विकास योजना आउँछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार