असार ३०, २०८२ सोमबार July 14, 2025

शान्ति प्रक्रियालाई पूर्णता दिन गठबन्धनको विजयी आवश्यक छ : उपसभापति खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन संविधानको रक्षा गर्नका लागि बनेको बनाएका छन् । संविधान माथि प्रहार भइरहेको संविधानको रक्षा, स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताएका हुन्।

खड्काले छोटो समयमा भएपनि गठबन्धनको सरकारले नवीनतम कार्य भएको बताए । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने– ‘हामी निर्वाचनको महाअभियानमा प्रवेश गरिसकेका छौँ। अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धनले जित्नुपर्ने छ।’

खड्काले अहिलेसम्म आफु राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । अब तपाईं प्रधानमन्त्रीको दाबेदार हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने‌– ‘सुर्खेत र कर्णाली प्रदेश राष्ट्रिय राजनीतिक कत्ति प्रभाव राख्न सफल भएको छौँ भन्ने कुरालाई जनताले बुझेकै छन् ।

मैले केही वर्षअघि नै मन्त्री नबन्ने घोषणा गरेको थिएँ । त्यसलाई कार्यान्वयन गरिरहेको छु, त्यसैले कर्णालीबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छौँ । अब चुनावपछि नै के भूमिका निर्वाह गर्ने भन्ने कुरा निर्धारण गर्ला ।’

खड्काले विगतमा निर्वाचित जनप्रतिनिधिले अघि बढाएका अभियानलाई पूर्णता दिने कुरा सुर्खेतको हकमा पहिलो प्राथमिक रहने समेत बताए । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्का चुनावी अभियानको लागि गृह जिल्ला आइपुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार