काठमाण्डौंः पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आफू अर्थमन्त्री हुँदा सुरु भएका ठूल्ठुला आयोजनामा पछिल्लो सरकारले बजेट विनियोजन नगर्दा समस्या भएको बताउँदै उनले विकासका योजना जो सुकैले सुरु गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने जनाए । ‘जनता सबैका साझा हुन् । विकास सबैका लागि चाहिन्छ,’ पूर्वअर्थमन्त्रीले भने, ‘त्यसैले विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन ।’
बुटवल उपमहानगरपालिका ११ देवीनगरमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले विकास सबैका लागि भन्ने धारणाले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मोतीपुर औद्योगिक क्षेत्र, बुटवल बेलहिया व्यापारिक मार्ग, बुटवल र लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशेष आर्थिक क्षेत्र सेज, बेलवास बेथरी पर्यटनमार्ग, कोरिया प्राविधिक शिक्षालयलगायत आफूले नमुना विकास योजना ल्याएको बताए ।
सिद्धबाबामा सुरुङमार्ग, तिनाउ दानव करिडोरलगायत ठूला योजना कार्यान्वयनमा लगेको उनले जनाए । ‘म सधैं यहाँको विकासमा लागेको छु । सुरु विकासका योजना सक्न र यस क्षेत्रको दिगो विकास गर्न पुन: चुनावी मैदानमा छु,’ रुपन्देही-२ का उम्मेदवार पौडेलले भने । उनले रुपन्देहीको विकास, परिवर्तन र युवाको भविष्य निर्माणमा लागिपरेको बताउँदै एमालेबाट मात्रै यो सम्भव भएको दाबी गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया