असार ३०, २०८२ सोमबार July 14, 2025

नेकपा महासचिवमा फेरी विप्लव निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा सम्पन्न  महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ । एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको बताउँदै क्षेत्रीले त्यसलाई अहिले समृद्ध गर्ने काम भएको बताए ।

तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार