असार ३०, २०८२ सोमबार July 14, 2025

अवस्था बदल्न राजनीतिमा सक्रिय भएको हुँ : काँग्रेस नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको  बलिदानी, त्याग र लामो सङ्घर्षले व्यवस्था बदलिएको भए पनि अवस्था नबदलिएकाले राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएका पौडेलले आज तनहुँको व्यास नगरपालिका वडा ७ मा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । ‘व्यवस्था बदलिएको छ यसलाई कायम गर्दै हाम्रो अवस्था बदल्नतिर मेरो कदम जारी रहेकाले त्यो पूरा गर्न राजनीतिमा सक्रिय भएको हुँ’ नेता पौडेलले भन्नुभयो ।

अझै पनि प्रवृत्तिहरू पुरानै भएको, विकृति नघटेको, सुशासन कायम हुन बाँकी रहेको राजनीतिमा विश्राम नलिएको उहाँले बताउनुभयो । राजनीति र विकास सँगै लैजान आफू सक्रिय भएको उहाँको भनाइ छ । ‘राजनीति केवल राजनीति गर्नका लागि मात्र भएको छ, राजनीतिबाट विकासको जग बस्नु पर्छ, जनताको जीवनमा आर्थिक परिवर्तन आउनु पर्छ’ नेता पौडेलले भन्नुभयो ।

जनताको जीवनमा परिवर्तन ल्याउनु पर्ने, रोजगारी र आम्दानीको अवसर गाउँ गाउँमा दिलाउनु पर्ने नेता पौडेलले बताउनुभयो । ‘सडक, बिजुली, पानी, सञ्चार  र पूर्वाधार निर्माणमा लाग्यौँ, गाउँ गाउँमा सडक लग्यौँ, विद्यालय लग्यौँ तर गाउँ रित्तिँदै छन्’ नेता पौडेलले थप्नुभयो, “गाउँ रित्तिने क्रम रोक्न गाउँमै रोजगारी पुर्‍याउन  बाँकी छ’ ।

गाउँमै उद्योग व्यवसाय स्थापना गरेर, पर्यटनको विस्तार गरेर, कृषि क्रान्ति गरेर, त्यहाँ व्यवसायहरू खुलाएर, उद्योगहरू खुलाएर आम्दानी बढाउने र रोजगारी दिनु पर्ने नेता पौडेलको भनाइ छ ।

राष्ट्रलाई बाटो  देखाउने र सही दिशातिर लैजाने, जनताको निराशालाई हटाउनु पर्ने भएकाले त्यो काम पूरा गर्न आफू उम्मेदवार बनेको नेता पौडेले बताउनुभयो । भविष्यका लागि देशको सही व्यवस्थाको जग बसाल्न बाँकी रहेकाले त्यसकालागि आफू लागिपर्ने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य ओमकुमारी पौडेलले राष्ट्रको नेतृत्व गर्न सक्ने खुबी भएको नेता तनहुँले पाउनु गर्वको विषय भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार