असार ३०, २०८२ सोमबार July 14, 2025

लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । तर, माओवादीका देव र एमालेका पृथ्वीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालको निर्वाचनमा देव, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट वाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

अहिलेको अबस्था फरक छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।

देव योसँगै तेस्रो पटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधान सभाको निर्वाचनमा कास्की र मनाङबाट चुनाव जितेका उनी २०७४ सालमा लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका थिए ।

पृथ्वीसुब्बा अहिलेसम्म सातौँ पटक चुनाव लड्न लागेका हुन् । उनीसँग पटकपटक हारेको र दुई पटकमात्र जितेको अनुभव छ । ०४८ यताका हरेक संसदीय निर्वाचनमा पृथ्वीसुब्बा उम्मेदवार छन् । पहिलो संविधानसभा र ७४ मा प्रदेशसभा मात्र उनले चुनाव जितेका छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । स्थानीय तहको मतपरीणाम अनुसार जिल्लामा पाँच दलीय गठबन्धन अगाडी देखिन्छ ।

लमजुङमा ८ वटा पालिका छन् । जसमध्ये ३ गाउँपालिका र एउटा नगरपालिका एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार