असार ३१, २०८२ मंगलबार July 15, 2025

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए ।

“तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ, कांग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ”, उनले भने । लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उनको भनाइ छ ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए ।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँबाट आआफ्नो गाउँमा गएर खट्न आग्रह गरे।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक विकास गर्नका लागि गठबन्धन निर्माण गरेको बताए । कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्लेले तनहुँ सान र विकासका लागि कांग्रेस गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए।

कांग्रेस तनहुँका सभापति एवं तनहुँ क्षेत्र नं २ प्रदेश (२)का उम्मेदवार जीतप्रकाश आले, काँग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश (१) का उम्मेदवार अशोककुमार श्रेष्ठले पार्टीभित्रको आन्तरिक झगडालाई निर्वाचनमा देखाउन नहुने धारणा राखेका थिए ।

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले तनहुँको आर्थिक विकासका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार