असार ३१, २०८२ मंगलबार July 15, 2025

युद्धमा एकआपसमा लडेको सम्झेर अहिले मत दिन कठिन मान्नुहुँदैन : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले)बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नुनपर्ने बताए ।

१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नुनहुने प्रचण्डको भनाइ छ ।

देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए । देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार