असार ३०, २०८२ सोमबार July 14, 2025

ईश्वर पोखरेलको आरोप : सत्ता गठबन्धनको उद्देश्य एमाले सिद्ध्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।

त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए ।

अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने अपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरुलाई एमालेले चिर्ने जिकिर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार