काठमाण्डौः नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सो पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो।
सदनमा नेपाली कांग्रेस र नेकपा (एमाले)को भूमिकाको चर्चा गर्दा घोषणापत्रमा ती दुवै दल नेतृत्वको गठबन्धनलाई एउटै सिक्काका दुई पाटा भनिएको छ।
’कांग्रेसको नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एउटै सिक्काका दुई पाटा हुन् भन्ने प्रस्ट छ। यी दुवै सिद्धान्तहीन गठबन्धन पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाँजो मात्र हो’, घोषणापत्रमा भनिएको छ।
जनताबाट निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले देश र जनताको व्यापक हितमा नीति, कार्यक्रम र विधेयक निर्माण गर्ने एवम् कामदार जनताको पक्षमा पारित गराउन संघर्ष गर्ने र देशघाती सन्धि–सम्झौतालाई रोक्न आवाज उठाउने घोषणापत्रमा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया