असार ३०, २०८२ सोमबार July 14, 2025

आगामी सरकारको नेतृत्व गर्ने चाहाना छ : गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका उनले सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ थियो ।

‘गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरूलाई भनेको छु–पाँच वर्ष पनि होइन । गठबन्धन त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सात वटै प्रदेशमा पनि जित्यो ।

सात वटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो । संघमा पनि हाम्रो सरकार बन्ने हो । हामी मिलेर पाँच वटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढी पुग्छ’, थापाले भने, ‘अनि ४५० वटा भन्दा बढी स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने । अनि, संघको सरकार हाम्रो हुने । त्यो जनमत हामीले प्राप्त गर्ने ।

अनि, निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौँ । जनतालाई महसुस गराउने सकेनौँ, संकेत मात्र पनि दिन सकेनौँ भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरबारमा हुन्छौँ । सांसदको टाउको गनिरहेका हुन्छौँ । बहुमत पुगिरहेको हुन्छ । तर, बाहिर सडकमा जनता निस्केर हाम्रोविरुद्धमा संघर्ष गरिरहेको हुन्छ । हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ । यो चुनौती सानो छैन ।’

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्‍याए । त्यसका लागि पार्टी भित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार