असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय जनमोर्चाको ३७ सदस्यीय चुनाव प्रचार समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय जनमोर्चाले १  नं. प्रदेशमा ३७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । सुनसरीमा सम्पन्न भेलाले राजमो प्रदेश अध्यक्ष अमृत पाण्डेको अध्यक्षतामा समिति गठन गरेको हो ।

भेलामा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष नवीन पाण्डे, अखिल (छैठौंं) का प्रदेश अध्यक्ष देवेन्द्र पौडेल र प्रदेश सहसचिव सुस्मिता चौधरी, अखिल नेपाल जनजाति सम्मेलनका परिषद् सदस्य विष्णु खवास, राजमो प्रदेश सदस्य हरिलाल अधिकारी, राजमो सुनसरीका उपाध्यक्ष किसोर राई र राजमो नेता लक्ष्मिकान्त ओझाको उपस्थिति रहेको थियो ।

भेलाले आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा गठबन्धन र राजमोका समानुपातिक उम्मेदवारलाई विजयी गराउन गठन गरेको समितिको संयोजकमा हरिलाल अधिकारी रहनुभएको छ ।

त्यस्तै, समितिको सदस्यमा सुनसरीबाट अमृत पाण्डे, विष्णु खवास, किसोर राई, नवीन पाण्डे, विशाल राई, लक्ष्मिकान्त ओझा, शुष्मा चौधरी, विन्धिया चौधरी, मोरङबाट विमल पौडेल, टङ्क गौतम, देवेन्द्र पौडेल, विवश राई, कल्पना आचार्य, कञ्चन बस्नेत, जीवन बराल, झापाबाट अमिर बास्कोटा, इलामबाट केबी सुब्बा, दिनेश थापा, सङ्खुवासभाबाट हेमकुमार गुरुङ, लीला खत्री, दीपक कटुवाल, पाँचधरबाट कमल कार्की, सीता कार्की, अस्मिता राई, भोजपुरबाट सञ्जित राई, उदयपुरबाट लीलबहादुर राई, मोहन श्रेष्ठ, उदयराज काफ्ले, दीपेन्द्र गौतम, ओखलढुङ्गाबाट शेरबहादुर खत्री, हर्कराज राई र कुन्तीदेवी खत्री रहनुभएको छ ।

एवम् प्रकारले अमृत पाण्डेको संयोजकत्वमा हरिलाल अधिकारी, नवराज पाण्डे, देवेन्द्र पौडेल र विष्णु खवास रहनुभएको आर्थिक उपसमिति पनि गठन गरिएको छ ।

भेलामा कात्तिक १५ गतेभित्र राजमो जिल्लाका बैठक बसी प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको राजमो प्रदेश अध्यक्ष अमृत पाण्डेले जानकारी दिनुभयो ।

१ नं. प्रदेशबाट राष्ट्रिय जनमोर्चाको प्रतिनिधि सभातर्फ टङ्क गौतम, हरिलाल अधिकारी, विष्णु खवास, लीलकुमार राई, सीता कार्की र हेमकुमार गुरुङ समाुनपातिक उम्मेदवार हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार