असार ३०, २०८२ सोमबार July 14, 2025

माओवादी अध्यक्ष दाहाल विरुद्ध प्रहरीमा किटानी जाहेरी (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल विरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन् ।

आफ्ना पिता टिकाराज आरणलाई २०५७ फागुन १६ गते रामेछापको साविक पुरानागाउँ-५ (हाल मन्थली नगरपालिका ९)मा साँझ ७ बजे माओवादीले गोली हानेर हत्या गरेको भन्दै दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा जाहेरी परेको हो।

“द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा म लिन्छु बाँकीको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को। मेरो पिताजी टिकाराज आरणको हत्या सम्बन्धमा ‘आयोगका केही सिफारिसहरुको कार्यान्यन र पीडितको अवस्था अध्ययन प्रतिवेदन २०७५ राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर, नेपालको पृ. २६–३६ मा प्राणदण्ड दिनु कानुन, धर्म र मानवीय पक्षबाट गलत भन्ने उल्लेख भएको पाइन्छ” जाहेरीको कसुरसँग सम्बन्धित अन्य विवरणमा भनिएको छ, “बाँकी मारिएका १२ हजाको कारक पनि प्रचण्ड नै हो। त्यसैगरी द्वन्द्वकालमा वेपत्ता पारिएका, अंगभंग, कब्जा गरिएका, विस्थापित, चल  सम्पत्ति लुटपाटमा परेका, बालसैन्य भर्ती लगायतका अमानवीय कार्यको सम्पूर्ण जिम्मा प्रचण्डले नै लिनु पर्दछ।”

द्वन्द्वकालमा नेकपा (माओवादी)द्वारा अपहरण गरी यातना दिंदै गोली प्रहार गरी म जाहेरवालाको पिताजी टिकाराज आरणको हत्या भएको र जिल्ला प्रहरी कार्यालय रामेछापले पनि घटनाको अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जाहेरीमा उल्लेख छ।

तिहार बिदाका कारण आफूले इमेलमार्फत जाहेरी दर्ता गराएको आरणले जानकारी दिए। यसअघि उनले राष्ट्रिय मानव अधिकार आयोगमा पनि दाहाल विरुद्ध निवेदन दर्ता गराएका छन्।

किटानीमा जाहेरीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार