असार ३१, २०८२ मंगलबार July 15, 2025

आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बाबुराम भट्टराइको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाका मतदातामाझ आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।

उनले गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रममा आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने उद्घोष गरेका हुन् ।

‘गठबन्धनले पाँच वर्ष सरकार चलाउने निश्चित छ । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो । अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो,’ उनले भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डपनि कार्यक्रममा सरिक भएका थिए । कार्यक्रममा जनतामाझ भट्टराईले अब उनले पदबाट राजीनामासमेत दिने बताए । यद्यपि उनले पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने घोषणा गरे ।

‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उनले भने ।

डा. भट्टराईले ०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बनाएकामा खुसी पनि व्यक्त गरे ।

उनले आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको दावी गर्दै अझै केही काम गर्न भने बाँकी नै रहेको जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार