असार ३१, २०८२ मंगलबार July 15, 2025

बिपी कांग्रेसका लक्ष्मीकान्त पौडेलद्वारा उम्मेदवारी फिर्ताको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन् ।

पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए ।

गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता गरेको बताए  । आफूले दिएको उम्मेदवारी फिर्ता लिई लमजुङको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए । यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ ।

पौडेलले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्नुपर्दछ, आवश्यक परेमा निर्वाचनपछि मात्र गठबन्धन गर्नुपर्दछ, र द्धन्द्धकालमा भएका सबै खालको घटनाको निष्पक्ष तवरबाट छानविन गर्दै कारबाही होस् भन्ने विषय लिएर उम्मेदवारी दिएपनि र यि विषयमा शिर्ष नेताहरुसंग छलफलपछि फिर्ता लिएको बताए ।

 लमजुङको विकासका लागि गठबन्धन उचित रहेका ठहर भएकाले राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि लागेको बताए  । लोकतन्त्रलाई प्रतिगामी शक्तिले समाप्त गर्ने होकी भन्ने कुरा आफ्नो अन्तरआत्माबाट आएकाले गठबन्धनलाई सघाएको उल्लेख गरे ।  सोही क्रममा उनले नेपाली कांग्रेस (बीपी) पार्टीको केन्द्रीय सदस्यबाट पनि राजिनामा दिएको जानकारी गराउँदै नेपाली कांग्रेसमै रहने बताए । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार