असार ३१, २०८२ मंगलबार July 15, 2025

माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र ल्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसदीय निर्वाचन नजिकिदै जाँदा दलहरुले चुनावी प्रचारप्रचार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे  र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् ।

माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको बताए ।

एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा छन् ।

नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो भने एमाले मंगलबार सार्वजनिक गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार