असार ३१, २०८२ मंगलबार July 15, 2025

भौतिक विकास मतदाताको मन जित्न सफल भएँ : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।

यस क्षेत्रबाट ‘मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बढाएको’ उनले बताए ।

हरेक टोलटोलमा आफूले कुनै न कुनै प्रकारको विकासका योजना जनतासामु पु-याएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया