असार २९, २०८२ आइतबार July 13, 2025

भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै खड्कालाई बर्खास्त गरेका हुन् ।

चुनावमा टिकट नपाएपछि नेतृत्वप्रति आक्रोशित बनिरहेका र उम्मेदवारलाई पनि असहयोग गरेपछि उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

केही दिनअघि गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य पनि बर्खास्तमा परेका थिए। गोरखा – २ का उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध अभिव्यक्ति दिँदै चुनावमा असहयोग गरेपछि उनी बर्खास्तिमा परेका थिए।

खड्काले अहिलेका कानुनमन्त्री थापालाई पन्छाएर कास्की २ (२) बाट उम्मेवार बन्ने तयारी गरेका थिए । तर उनले टिकट पाएका थिएनन् । सो क्षेत्रमा एमालेबाट मीना गुरुग उम्मेदवार छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार