असार ३२, २०८२ बुधबार July 16, 2025

मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान भएको छ।

गएको पालिका चुनावमा ७० प्रतिशत मतदान भएकोमा अहिले थोरै मतदान हुँदा मतदाता चुनावप्रति उत्साहित नभएको रुपमा बुझिएको छ ।

मधेश प्रदेशको बारामा सबैभन्दा धेरै ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ।

आज भएको चुनावमा ८ जिल्लामध्ये ४ जिल्लामा गोलीसमेत चलेको छ भने सामान्य विवाद र झडपसमेत भएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको पाँच ठाउँमा सामान्य झडप भएको र झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको जानकारी दिनुभयो । प्रहरीले सिरहामा ३ राउण्ड र रौतहटमा १ राउण्ड हवाई फायर गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया