श्रावण १, २०८२ बिहिबार July 17, 2025

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनवटै सीटमा कांग्रेस विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।

प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार