असार २९, २०८२ आइतबार July 13, 2025

स्याङ्जाका तीन स्थानमा पुनः मतदानकाे माग गर्दै मतगणना अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्याङ्जा क्षेत्र नम्वर २ चापाकोट नगरपालिकाको ३ वटा वडामा बुथ कब्जा भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमाले लगायत अन्य ११ दलका उमेद्वारहरुले पुनः मतदानको माग गर्दै मतगणना स्थगित गरेका छन् ।

मंसीर ४ गते एमाले लगायतका उमेद्धवारहरु मतदान स्थलमा अनुगमन गर्ने क्रममा उनीहरुको एजेन्टलाई विभिन्न किसिमका धाकधम्की दिई बुथबाट बाहिर पठाई मनखुसी तरीकाले मतदान गराएको भन्दै एमालेलगायत ११ दलका उमेद्धवारहरुले पुनः मतदानको माग गरेका हुन् । उनीहरूले मतगणना सुरु गर्न नै दिएका छैनन् ।

चापाकोटको वडा नम्वर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र ५ मा रहेको जनसक्रीय माध्यमिक विद्यालय चिदिपोखरीका मतदान केन्द्रमा  ९९ प्रतिशत भोट खसेपछि संसारमै नभएको रेकड यहाँ रहेको भन्दै सत्य-तथ्य छानबिन गर्न मागसहित निर्वाचन अधिकृतको कार्यालय वालिङमा उजुरी  परेको छ ।

ती मतदान केन्द्रहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनधिकृत रुपमा बुथ कब्जा गरेको र विदेश भएकाहरुको नामबाट पनि मत खसेकाे देखिएपछि सत्यतथ्य छानविन गर्न निर्वाचन कार्यालयलाई अनुरोध गर्दै सबै उमेद्धवारहरुले  पुनः मतदानकाे माग राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार