काठमाडौंः नवलपुर-२ मा प्रदेश सभातर्फ दुवै क्षेत्रमा नेकपा एमाले विजयी भएको छ ।
क्षेत्र नम्बर २ (१) मा एमालेकी पद्या जिसी र (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन्। २ (१) मा जिसीले माओवादी केन्द्रका उम्मेदवार सौगम कुमार सिरपालीलाई पराजित गरेकी हुन् ।
जिसीले १९ हजार ३ सय ७८ मत पाएर विजयी बनिन् । यस्तै, माओवादीका सिरपालीले १४ हजार ७ सय ४३ मत पाए ।
यस्तै, क्षेत्र नम्बर २ को (२) मा एमालेका पाण्डेले नेकपा एकीकृत समाजवादीका गोपाल खनाललाई पराजित गरेका हुन् । पाण्डेले १८ हजार ८ सय ६ मत ल्याएर विजयी भए भने खनालले १४ हजार ७ सय ६१ मत पाए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया