श्रावण १, २०८२ बिहिबार July 17, 2025

सिन्धुपाल्चोक-१ मा गठबन्धनको क्लीन स्वीप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन् ।

सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए  ।

१ प्रदेशसभा ‘क’ मा खड्का

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् । एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन् भने  एमालेका युद्धविक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।

 प्रदेशसभा ‘ख’ मा सरल  

प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को  मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३  मत ल्याएर पराजित भए  ।

दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा  क्षेत्र नम्बर १ को मतपरिणाम आइसकेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार