श्रावण १, २०८२ बिहिबार July 17, 2025

२३ वर्षपछि म्याग्दीमा कांग्रेस बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहनुभएका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी हुनुभएको थियो । गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले)का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।

त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस हुनुभए पनि सांसद हुन भने पाउनुभएन । तर आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बन्नुभएका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गर्नुभयो । जिल्लामा ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बताउनुभयो । “म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु”, उहाँले भन्नुभयो ।

गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई विसं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा राजनीति गर्दै आउनुभएको छ । विसं २०५४ मा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिनुभएका गर्बुजाको २०२२ सालमा रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दग्नाम गाउँमा जन्मनुभएको थियो ।

गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौंँ जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौंँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार