काठमाण्डाैंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मतको वृद्धि अस्वाभाविक भएको भन्दै चनाखो रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको ओलीको तर्क छ ।
एकीकृत समाजवादी (नेकपा एस) पार्टीको मत वृद्धिलाई लक्षित गर्दै ओलीले एउटा पार्टीलाई आएको केही मत तीन प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुन सक्ने भएकाले चनाखो रहन आग्रह गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया