असार २९, २०८२ आइतबार July 13, 2025

‘मुलुकको सर्वाङ्गीण विकासका लागि भ्रष्टाचार ठूलो तगारो’ – राष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको दिगो शान्ति र सुव्यवस्थाका लागि कानूनको सही कार्यान्वयनमा जोड दिई भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

एन्टिक्रप्सन एकेडेमी नेपालले आज काठमाडौँमा गरेको ‘सदाचार दीप सम्मान’ कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासका लागि भ्रष्टाचार ठूलो तगारोका रुपमा रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि सुशासन पहिलो र अनिवार्य सर्त रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार संस्कृतिको विकासका लागि विभिन्न सरकारी निकाय तथा कानूनी व्यवस्था गरिएको भए पनि भएका कानूनको प्रभाकारी कार्यान्वयन हुन नसक्दा अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचन, कानूनको शासन, पारदर्शीता र जबाफदेहिता जस्ता लोकतान्त्रिक मूल्य–मान्यताको अवलम्बन गरी सहज रुपमा जनताका आवश्यकता आवश्यकता सम्बोधन गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सदाचार दीप सम्मान २०७९ बाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, पूर्व सचिव भरतबहादुर थापा, शिक्षाविद् सुरेशराज शर्मा र समाजसेवी भद्र कुमारी घलेलाई सम्मान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार