काठमाण्डौंः रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी भएका हुन् । गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गरेका छन् ।
खानले ११ हजार छ सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिए ।
यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे निर्वाचित भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया