असार २९, २०८२ आइतबार July 13, 2025

मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामुहिक रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभूत मागहरु अन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक रुपमा प्रत्याभुत गरेको उल्लेख गरे । उनले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेको भन्दै मानव अधिकारको संरक्षण, संवर्द्धन गर्ने दायित्व राज्यको भए पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताए ।

प्रधानमन्त्री देउवाले प्रचलित कानूनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिकहरु सबैको सहयोग आवश्यक रहेको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

उनले सबै किसिमका दण्डहीनता अन्त्य गर्ने र मानव अधिकार उल्लंघनप्रति शुन्य सहनशीलताको नीति नेपाल सरकारले लिएको बताए । उनले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले सरकारले मानवअधिकार सम्बन्धी कानूनी संरचना व्यवस्थापनदेखि मानवअधिकार उल्लंघनका घटनाहरु कम गर्न आवश्यक काम गर्दै आइरहेको बताए । नेपालसहित वश्वभर आज ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार