असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताएकी छन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । काठमाडौँ महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, “यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्न चाहान्छु । मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्दछ ।”

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताएकी थिइन्।

कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इतिहासमा शिक्षा समाजको दायित्व रहेको भन्दै समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालयको स्थापना गरिएको बताइन् ।

उनले भनिन्, “शिक्षाको दायित्व पूरा गर्नका लागि राज्य अग्रसर हुन जरुरी छ । यसलाई प्राथमिकतामा राख्न जरुरी छ । आमनागरिकले शिक्षाको दायित्व राज्यको हो भन्ने महसुुस गर्ने गरी सरकारी विद्यालयलाई विकास गर्नु जरुरी छ । आजको आवश्यकता प्राविधिक शिक्षा मात्र होइन । शिक्षालाई प्रविधिकरण गर्न पनि जरुरी छ ।”

उनले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको भन्दै सरकारले लगानी गरेका विद्यालयमा विद्यार्थीको तँछाडमछाड हुनुपर्ने वातावरण बनाउनुपर्ने बताइन् । सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने भन्दै उनले तर त्यस्तो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार