असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

त्यसअघि बिहीबार नै आयोग पदाधिकारीको टोलीले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हस्तान्तरण गरेको थियो ।

४ मंसिरमा निर्वाचन भएको मतपरिणाम आयोगले २५ दिनभित्रै सम्पन्न गरेको छ । निर्वाचन मतपरिणाम राष्ट्रपतिलाई बुझाएपछि अब नयाँ सरकार बन्ने बाटो खुलेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार