असार २९, २०८२ आइतबार July 13, 2025

गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ : सञ्चार मन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।”उहाँले राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन भन्नुभयो । “ राइजिङ नेपाल ५७ वर्ष पूरा हुनु गर्वको कुरा हो”, उहाँले भन्नुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा विकास र समृद्धि चाहेको बताउँदै उहाँले त्यो चाहनालाई कत्ति पनि विलम्ब नगरी आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रुपमा राइजिङ नेपाल गोरखापत्र प्रकाशन सुरु भएको ६४ वर्षपछि मात्रै प्रकाशन भएको हो । राइजिङ नेपालको प्रथम सम्पादक वरुण शमशेर राणा हुनुहुन्थ्यो । अहिले १५ औँ सम्पादकका रुपमा भीमसेन थपलिया हुनुहुन्छ ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राइजिङ नेपाललाई अझै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, मर्यादित, पठनीय र जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानका प्रकाशनमा पहिलेको तुलनामा सुधार हुँदै गएको बताउनुभयो । उहाँले संस्थानका प्रकाशनमा आगामी दिनमा विषयवस्तु प्रस्तुति, शैली, भाषा लगायतमा अझै सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार