असार २९, २०८२ आइतबार July 13, 2025

मुलुकका सबै नगर व्यवस्थित शहरीकरणतर्फ अग्रसर हुनुपर्छ : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका ठूला साना सबै नगर व्यवस्थित शहरीकरणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा आज प्रधानमन्त्री देउवाले अधिकांश नगरपालिका दिगो र हरित विकासको अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नगरहरू अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेको भन्दै नगरको प्राकृतिक सौन्दर्य र मौलिकतालाई जोगाउँदै सुरक्षित र स्वच्छ सहर निर्माण गरिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सङ्घले नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो ।

उहाँले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत र साधनको समुचित परिचालन गर्दै जनताप्रतिको आफ्नो दायित्व र जबाफदेहितालाई कुशलतासाथ निर्वाह गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा अन्तर सरकारी विषयवस्तु, स्थानीय सेवा प्रवाह, वित्तीय सङ्घीयता सुदृढीकरण, जैविक विविधता र जलवायु परिवर्तन लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछन् ।

अधिवेशनमा विषयविज्ञसहित देशभरका नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार