काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको सुरक्षाका विषयमा ठोस नीति र आधाभूत कार्यक्रम बनाउन आवश्यक रहेको बताएका छन् । उनले जेष्ठ नागरिकको समग्र सुरक्षाका लागि सरकारले पनि ठोस नीति र कार्यक्रम बनाइरहेको जानकारी दिएका छन् ।
शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उनीहरुको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताए । ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको दावी उनको छ ।
उनले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे । देउवाले भने, ‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुशी लागेको छ ।’
उनले यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने भन्दै सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले भने,‘ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा सबैतिर पुगोस् भनेर सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको छ ।’
प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरूसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया