श्रावण ५, २०८२ सोमबार July 21, 2025

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रचण्ड नेतृत्वकाे सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन् ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।

रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया