काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ता गुमाएपनि शक्ति कायमै रहेको बताएका छन् ।
मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्न डा. कोइरालाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सत्ता मात्र गुमाएको, तर बलियो शक्ति कायमै रहेको बताएका छन् ।
उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अनपेक्षित रहेको भन्दै प्रचण्डलाई बधाई शुभकामना दिएका छन् । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किनुको कारणबारे पार्टी नेतृत्वसमक्ष समीक्षा गरेर जनतालाई जवाफ दिँदै गठबन्धनको मुख्य सहयात्री नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको जिकिर गरेका छन् ।
नेतृत्वले सुझबुझ पुर्याउन नसक्दा कांग्रेस ठूलाे दल भएर पनि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले प्रचण्डको राजनीतिक निर्णयलाई अराजतकताको पराकाष्ठाको संज्ञा दिएका छन् । सत्ताराेहणले व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको दाबी गरेका छ ।
‘गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ’ विज्ञप्तमा भनिएकाे छ ।
राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरक धार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई पार्टी नेतृत्वले महत्वहीन ठानेकै कारण कांग्रेसले हठात राजनीतिक घटना व्यहोर्नु परेको उनको ठम्याइ छ ।
नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु स्वभाविक रहेकाे बताउँदै निरास नहुन आग्रह गरेका छन् ।
विज्ञप्तिको पूर्ण पाठ:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया