काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लेवीस्वरुप प्रतिसांसद रु २० हजार उठाउने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशको सांसदहरुको हकमा भने १० देखि १५ हजारसम्म उठाउने अथवा प्रदेशबाट प्राप्त हुने सुविधाका आधारमा लेवी उठाउने निर्णय भएको बताइएको छ ।
प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा जम्मा २८ सांसद रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया