श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल उपनेतामा सन्तोष

एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल र उपनेतामा सन्तोष शर्मा थापा सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ ।

आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन हुनुभएको छ ।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया