श्रावण ७, २०८२ बुधबार July 23, 2025

माओवादी बागमती प्रदेश संसदिय दलको नेतामा जम्मरकट्टेल

बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बने संसदिय दलको नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मरकट्टेल चयन हुनुभएको छ ।  बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।

उहाँ यसअघि पनि दलको नेता नै हुनुहुन्थ्यो । उहाँ हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ । हिजो र आज भइको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहनुभएका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।

फाइल तश्वीर

बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित हुनुभएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुनुहुन्छ ।  संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया