काठमाण्डौः जेलमा रहेका रेशम चौधरी रिहाई नभए माघी (१ माघ)पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।
टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।
प्रदेश सभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनु पर्दछ, त्यसो नभए माघि पछि प्रदेश सभा चल्न दिने छैनौं ।’
उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’
देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोन भएको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया