श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाल समाजवादी पार्टी राजनीतिक समितिको बैठक पुस २४ गते

माओवादीसँगको एकताको विषयमा पनि निर्णय गर्न आगामी आईतबार बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकले माओवादीसँगको एकताको विषयमा पनि निर्णय गर्ने हो ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘यो विषयमा पार्टीको बैठकमा छलफल भएर नै निर्णय हुने हो । त्यही पनि पार्टी एकताको विषयमा हामी नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी छ ।
अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ । समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो । समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमतिजस्तै छ । त्यसैले यसमा सहमति हुँदा एकताको बाटोमा हामी जान सक्छौं ।’

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । सो पार्टीका नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार