श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर–२ को प्रदेशसभा क क्षेत्रबाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुर सिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि प्रदेश कमिटीले बुधबार निर्वाचनमार्फत नेता चयन गर्ने प्रक्रियाअघि बढाएको थियो । निर्वाचनका लागि उम्मेदवारी मनोनय गर्दा भने कमल शाहको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्वाचन समितिले सर्व सम्मत संसदिय दलको नेताचयन भएको घोषणा गरेको कांग्रेसका प्रदेश समितिका उपसभापति तथा निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले बताए ।

शाहलाई समर्थन गरेका प्रदेशसभा सदस्य बहादुरसिंह थापा र प्रस्तावक प्रकाश बहादुर देउवा पनि संसदीय दलको नेताका लागि आकांक्षि रहेका थिए ।

यसबाहेक कांग्रेस संसदीय दलका लागि प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडका पनि आकांक्षि रहेका थिए ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार