श्रावण ७, २०८२ बुधबार July 23, 2025

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा सहभागी हुने

चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन । राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ ।

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ । गृहमन्त्रीसहित उपप्रधानमन्त्री ताकेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ ।

राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो । पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आफूले राखेका माग पूरा नभए सरकारमा नजाने राप्रपाले संकेत गरेपछि प्रचण्डले एकीकृत समाजवादीलाई विश्वासको मत दिन अध्यक्ष माधवकुमार नेपाललाई भेटेरे आग्रह गरेका थिए । जसअनुसार आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यो निर्णय एकीकृत समाजवादीले २६ पुससम्मै बाहिर नल्याउने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार