श्रावण ८, २०८२ बिहिबार July 24, 2025

सत्ता गठबनधनको बैठक बस्दै

प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता साझेदार दलहरुको बैठक केही बेरमा बस्ने भएको छ । प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनका विषयमा छलफल गर्न गठबनधन दलहरुको बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

संघीय सरकारको नेतृत्व माओवादीले लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् ।

उनले यही २६ गते विश्वासको मत लिँदैछन् । उक्त विषयमा पनि सत्ता साझेदार दलहरुबीच बैठक बस्न लागेको हो । त्यस्तै ७ प्रदेशमा को कस्ले सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रदेश – १ सरकारको दावी गर्ने आज अन्तिम दिन हो । त्यस्तै अन्य प्रदेशहरुमा पनि सरकार गठन गर्ने म्याद खड्किँदैछ । तर केन्द्रस्तरमा कस्ले सरकार गठन गर्ने भन्ने विषय टुंगिएको छैन । यद्यपि यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले सरकारको दावी गरिरहेका छन् । तर प्रदेश – १ मा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना बलियो छ ।

सत्ता गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति लगायत ७ दल आबद्ध छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार