श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने लोसपा संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी (लोसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो ।

लोसपाको प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया