श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा भने सहभागी नहुने संसदीय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भेटेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आज विहानै नेपाली काँग्रेसका पदाधिकारीको बैठक बसेको थियो भने त्यस लगत्तै काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया