असार २८, २०८२ शनिबार July 12, 2025

भागबण्डा टुंग्याएर गण्डकीमा थप तीन मन्त्रीले लिए सपथ

गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया